अधिकांश विदेशी मुद्राको भाउ आज स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।

आज सबैजसो विदेशी मुद्राको विनियमदर आज स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार आज विदेशकी मुद्राको विनिमय दर हिजो (शनिबार) जुन दरमा कारोबार भएको थियो आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा छ । हिजो पनि अमेरिकी डलर सोही दरमा कारोबार भएको थियो ।

नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो । त्यसैगरी आज युरो एकको खरिदर एक सय ४४ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५२ पैसा छ । त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ५९ पैसा छ ।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७० र बिक्रीदर ८८ रुपैयाँ ०८ पैसा छ । त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ २७ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २२ पैसा छ ।

बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा छ ।

  • २७ माघ २०८१, आईतवार ०७:२० प्रकाशित