पोखरा पर्यटन परिषद्को अध्यक्षमा हरि भुजेल निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित भएका छन् । परिषदको आज (बुधबार) सम्पन्न २६ औं साधारण सभा तथा १४ औं अधिवेशनले भुजेललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

अध्यक्षमा भुजेलले २५ मत प्राप्त गरी निर्वाचित हुँदा अध्यक्षका अर्का प्रत्याशी नेपाल हवाई खेलकुद संस्था ‘ना’का पूर्व अध्यक्ष कृष्ण भण्डारीले ११ मत प्राप्त गरे । परिषदको अध्यक्षमा निर्वाचित भुजेल टानका पूर्व अध्यक्ष हुन् ।

परिषदको सदस्यमा बाबुराम पाण्डे, सुनिलबहादुर भट्टराई, शोभा अधिकारी सापकोटा, जीवनराज सापकोटा र नारायणप्रसाद सुवेदी सर्वसम्मत चयन भएका छन् ।

परिषदको निर्वाचित कमिटीले प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पछि चयन गर्नेछ ।

यस अगाडी परिषद्को अधिवेशनको नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले उद्घाटन गर्दै पोखराको दिगो तथा गुणस्तरीय पर्यटन विकासका लागि सरकार गम्भीर रूपमा अघि बढिरहेको बताए ।

परिषदका अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

 

  • १७ भाद्र २०८३, बुधबार २१:३७ प्रकाशित