अमेरिकी डलर अहिलेसम्मकै महंगो

केन्द्रभाग मिडिया

पोखरा ।
आज पनि अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ । त्यसैगरि आज कुबेती र बहराइन दिनारको पनि मूल्य बढेको छ । तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्रा भने सस्तिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा छ ।

नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो । हिजो सर्वाधिक महँगो बनेको अमेरिकी डलरको मूल्य आज पनि बढेर झन् महँगो बनेको हो । हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ २५ पैसा थियो ।

आज युरो एकको खरिदर एक सय ४४ रुपैया ९६ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा छ । हिजो युरो एकको खरिदर एक सय ४५ रुपैया ४९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ११ पैसा थियो ।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ५३ पैसा छ । हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७५ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८७ पैसा थियो ।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६४ र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७६ र बिक्रीदर ८८ रुपैयाँ १४ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ५३ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ५५ रुपैयाँ ०६ पैसा छ । हिजो कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ ६० पैसा थियो ।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ७२ रुपैयाँ ४९ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ ४१ पैसा र बिक्रीदर तीन सय ७२ रुपैयाँ ०१ पैसा थियो ।

  • २५ माघ २०८१, शुक्रबार ०६:१८ प्रकाशित