अनु लामाले लिइन् घरेलु फुटबलबाट पनि सन्न्यास

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान अनु लामाले फुटबलबाट सन्न्यास लिएकी छिन् । राष्ट्रिय टिमबाट यसअघि नै सन्न्यास लिइसकेका अनुले बुधबार एन्फा महिला लिगको फाइनलपछि घरेलु फुटबलबाट पनि बुट थन्क्याएकी हुन् ।

उनले नेपाली राष्ट्रिय टिमका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् । उनलाई फाइनलपछि च्याम्पियन एपीएफका खेलाडीहरुले गार्ड अफ अनर प्रदान गरेका थिए ।

बुधबारको फाइनल खेलमा लामाले इन्जुरी समयमा गोल गरेकी थिइन् ।

  • १६ माघ २०८१, बुधबार १६:३९ प्रकाशित