भारतमा रेल दुर्घटना : ज्यान गुमाउनेको संख्या १२ पुग्यो, ३ जना नेपालीको सनाखत

केन्द्रभाग मिडिया

नयाँ दिल्ली ।

महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । जसमध्ये सात जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमध्ये तीन जना नेपालीसमेत रहेका छन् ।

नेपाल निवासी करिब ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीय कमला नवीन भण्डारीको सो दुर्घटनामा परी ज्यान गएको हो ।

ज्यान गुमाएकामध्ये भरतको जयगढीका ५० वर्षीय जवकला बुट्टे, २० वर्षीय नसिरुद्दीन बद्रुद्दीन सिद्दीकी, ३५ वर्षीय इम्तियाज अली र ३० वर्षीय बाबु खानको पहिचान खुलेको छ । बाँकी पाँच जनाको सनाखत हुन सकेको छैन ।

  • १० माघ २०८१, बिहीबार ०९:०३ प्रकाशित