ताइवानमा ६.४ म्याग्नेटियुडको शक्तिशाली भूकम्प

केन्द्रभाग मिडिया

काठमाडौँ ।

ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मङ्गलवार बिहान ६।४ रिक्टर स्केलको भूकम्प गएको हो ।

नेपाली समय अनुसार राति १ः४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएको जानकारी प्राप्त भएको छ । भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङ सहरबाट १२ किलोमिटर उत्तरमा रहेको थियो ।

ताइवान फायर डिपार्टमेन्टका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। घाइते हुनेमा एक बालक समेत रहेका छन् । भूकम्पबाट भत्किएको ताइनान सहरको नान्क्सी जिल्लामा रहेको घरको भग्नावशेषबाट उद्धार गरिएका ६ जना घाइते भएका छन् ।

भूकम्पका कारण राज्य राजमार्गमा रहेको झुवेई पुलमा पनि क्षति पुगेको छ तर कसैको मृत्युको खबर भने आएको छैन ।

  • ८ माघ २०८१, मंगलवार ०९:१६ प्रकाशित