बीबीसी ।
इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ । इजरायल र हमासबीचको यो सम्झौता कतारमा अन्तिम रूप दिइएको छ । यो जानकारी युद्धविराम सम्झौताको बारेमा जानकार एक स्रोतले बीबीसीलाई दिएको हो ।
हमासका एक अधिकारीले बीबीसीलाई बताएअनुसार उनले कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको जानकारी गराएका छन् । सम्झौतासंगै गाजामा हमास र इजरायलबीच ७ अक्टोबर २०२३ देखि जारी युद्ध अन्त्य हुने विश्वास गरिएको छ । हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो ।
हाल भने हमाससँग ९४ इजरायली बन्धक मात्र बाँकी छन् । तर इजरायलले यी बन्धकमध्ये ६० जना मात्र बाँचेको बताएको छ । जवाफमा इजरायलले हमासविरुद्ध गाजामा सैन्य आक्रमण सुरु गर्दा युद्ध जारी रहेको हो ।
गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ४६ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।