काठमाडौं ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ ।त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको छ । पारिवारिक स्रोतको अनुसार अहिले वैद्यको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको देखिएको छ । एक–दुई दिनमै वार्डमा सार्ने तयारी रहेको छ ।
अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई अहिले भने आईसीयूमै राखिएको छ ।७८ वर्षीय वैद्य श्वासप्रश्वासमा समस्या आएपछि यही पुस दोस्रो सातादेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।