काठमाडौं ।
एसीसी यू : १९ महिला एसिया कप अन्तर्गत सुपर फोरको खेलमा नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।
वर्षाले प्रभावित खेल ११ ओभरमा छोट्याइएपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ५४ रन बनाएको हो ।नेपालका लागि सावित्री धामीले सर्वाधिक ११ रन बनाइन् । नेपालका चार खेलाडी रनआउट हुँदा बंगलादेशका चार बलरले १–१ विकेट लिए ।
फाइनलमा स्थान बनाउनका लागि नेपाललाई जित्नैपर्ने दबाब छ । फेरि वर्षा भएर खेल रद्द भएमा बंगलादेश नै फाइनलमा पुग्ने छ ।
भारत यसअघि नै फाइनलका लागि छनोट भइसकेको छ ।