काठमाडौं ।
भारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ ।उक्त डुंगालाई इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो ।
मुख्यमन्त्री देवेन्द्र फडणविसले सञ्चारकर्मीसँग कुरा गर्दै यो घटनामा १३ जनाको ज्यान गएको पुष्टि गरेका छन । उनका अनुसार मृतकमा नौसेनाका तीन जवान पनि छन् । उद्धारकर्ताले १०१ जनालाई बचाएका छन् ।
मृतकका परिवारलाई राज्य सरकारले ५र५लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।इण्डियन नेवीका अनुसार उसको स्पिड बोट इन्जिन परीक्षणको क्रममा अनियन्त्रित भएर यात्रु सवार डुंगामा ठोक्किएको थियो ।