एनपीएलमा आज फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन् । दिउँसो १ बजे सुरु हुनेछ प्रतियोगितामा जित्ने टोली फाइनल प्रवेश गर्नेछ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित जनकपुरले आज फाइनलमा पुग्ने दोस्रो मौका पाएको हो । कर्णाली भने बुधबार भएको एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा आइपुगेको छ ।

बुधबार पहिलो क्वालिफायरमा विजयी हुँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा पुगिसकेको छ । अब आज विजयी हुने टोली उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग भिड्नेछ ।

उपाधि विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी तेस्रो स्थानमा रहने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

कर्णाली तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए । एलिमिनेटरबाट बाहिरिएको चितवनले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

  • ४ पुष २०८१, बिहीबार ०८:२४ प्रकाशित