गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा मुछिएका जीबी राईलाई नेपाल ल्याउने प्रयास भइरहेको बताएका छन्।
बुधबार एक कार्यक्रममा बोल्दै उनले आफूहरु कुनै एक मानिसमा मात्रै केन्द्रित नभएर सहकारी ठगीका सबै मुद्दामाथि अनुसन्धान भइरहेको बताए।
‘एकजना मानिसकामाथि मात्रै अनुसन्धान भएको होइन, सहकारीको ठगी, हिनामिना गर्ने सयौं मान्छेमाथि अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘जीबी राईलाई पनि फर्काउने कोसिस भइरहेको छ। हामीले गर्ने कुराहरु गरिराखेका छौं। त्यसका बारेमा अगाडि के हुन्छ, हेरौं।’
सहकारी ठगीको आरोप लागेपछि राई बेपत्ता छन्।