एनपिएल : कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

जारी नेपाल प्रिमियर लिग अन्तर्गत आज भइरहेको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

जयकिसन कोल्सावाला र विलियम बसिस्टोको अर्धशतकमा कर्णालीले सो लक्ष्य प्रस्तुत गरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७५ रनको योगफल तयार पारेका हो।

पाचौँ विकेटका लागि विलियम बसिस्टो र चान्डविक वाल्टनले ६७ रनको साझेदारी गरे। विलियन ५२ रन बनाउँदै सोहेल तनविरको बलमा बोल्ड आउट भए। उनले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।चान्डविक ४६ सोमपाल कामी शुन्य रनमा नटआउट रहे। चान्डविकले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

ओपनर जयकिसन कोल्सावाला ५३ रन बनाउँदै क्याच आउट भए। १३ औ ओभरको चौथो बलमा जयनकिसन रवि वोपाराको बलमा शरख भेषावकरको हातबाट क्याच आउट भए। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनले ३६ बलमा ४ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान स्थान बनाउनेछ। पराजित हुने टोली भने प्लेअफ बाटै बाहिरिनेछ।

  • ३ पुष २०८१, बुधबार ११:०० प्रकाशित