एनपीएल : कर्णाली प्लेअफ नजिक, विराटनगरले चितवनलाई हरायो

केन्द्रभाग मिडिया

काठमाडौं ।

बसिर अहमदको अलराउण्ड प्रदर्शनमा विराटनगर किंगसले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ ।

एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । यो जितपछि ६ खेलबाट ४ अंक जोडेको विराटनगरको प्लेअफको झिनो सम्भावना कायम राखेको छ ।

चितवनको भने ६ खेलमा यो तेस्रो हार हो र प्लेअफ पुग्ने चितवनको अभियानमा ठूलो धक्का लागेको छ । ६ खेलबाट ६ अंकसहित चितवन चौथो स्थानमै यथावत छ । चितवनले अब लिगको अन्तिम खेलमा शनिवार प्लेअफमा छनोट भइसकेको जनकपुर बोल्ट्सको सामना गर्नेछ ।

लगातार चौथो जितपछि कर्णाली प्लेअफ नजिक

यस्तै (एनपीएल) मा कर्णाली याक्सले शुक्रबार लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको छ ।

कर्णालीले दिएको १२९ रनको लष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । डेथ ओभरमा कर्णालीले उत्कृष्ट बलिङ गरेपछि लुम्बिन ५ रनले चुकेको हो ।

यस जितपछि कर्णाली प्लेअ नजिक पुगेको छ । यसअघि नै लिग चरणबाट बाहिरिएको लुम्बिनी भने अनतिम खेलमा पनि पराजित भएको छ ।

  • २८ मंसिर २०८१, शुक्रबार १८:४० प्रकाशित