सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा ल्याइएको छ । आज बुधवार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिए लगत्तै बिहानै पर्साबाट सिमरा हुँदै काठमाडौं लगेर उनलाई बुद्धर एयरको अन्तिम सीटमा राखेर पोखरा ल्याइएको हो ।
रविसँगै पत्नी निकिता पौडेल पनि पोखरा आएकी छन् । रवि हिरासतमा रहेदेखि रास्वापका केही नेता, रविको सचिवालय सदस्य र पत्नी निकिता पनि पोखरामै बस्दै आएकी छन् ।
कात्तिक ३ गतेयता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीविरुद्ध पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको भन्दै उजुरी परेको थियो ।
पोखरापछि रविलाई रुपन्देही, चितवन र पर्सामा पनि परेको उनीका आधारमा बयान गराइसकिएको छ । प्रहरीले रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान अघि बढाएको छ ।
रविलाई पोखरामा ल्याउँदै गरे महेन्द्रपुलमा रास्वपाका कार्यकर्ता तथा समर्थकले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।














