काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्दैछ । दिउँसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
पार्टीको निर्णय विपरीत बागमती प्रदेशमा संसदीय दलका नेता उद्धव थापाले नेकपा एमालेबाट मुख्यमन्त्रीको उम्मेदवार रहेका किरण थापालाई समर्थन गरेको विषयमा निर्णय लिन बैठक बोलाइएको श्रेष्ठले बताए ।
पार्टीको निर्णय विपरीत बागमतीमा संसदीय दलको नेताले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।राप्रपा भित्रको विवादका कारण मुख्यमन्त्री पदमा दाबी पेस गर्ने तयारी अन्योलमा परेको छ ।











