पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार युरोको भाउ घटेको छ । डलरको भाउ भने स्थिर छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ १३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा थियो ।
यस्तै आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा रहेको छ ।आज डलर एकको खरिददर १३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०७ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा छ ।
आज रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ १६ पैसा र बिक्री दर ३७ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको छ ।















