यस्तो छ आजको मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । देशभर मौसम मूख्यतया सफा रहेको छ ।

अहिले विहान कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

  • २० मंसिर २०८१, बिहीबार ०५:४७ प्रकाशित