पोखरामा तरकारीको भाउ छोइनसक्नु (मुल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा तरकारीको भाउ छोइनसक्नु गरि बढीरहेको छ ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँको भाउ हिजो भन्दा आज बढेको छ ।

आज सानो गोलभेडाँ के.जीको ९१ रुपैयाँ देखि ११३ रुपैयाँ सम्म मण्डीबाट किनबेच भएको छ । हिजो के।जीको १०० देखि रुपैयाँ १०९ रुपैयाँसम्म किनबेच भएको थियो । ठुलो गोलभेडाँको भाउ ८० देखि १०० रुपैयाँ सम्म किनबेच भइरहेको छ ।

पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के।जी ६० देखी ६५ रुपैयाँ रहेको छ । यस्तै आज प्याज १०० देखि १२० रुपैयाँ , गाजर १५० देखि २२० रुपैयाँ सम्म प्रति केजी रहेको छ । रायोको साग ४० देखी ६० रुपैयाँ सम्म रहेको छ ।

डल्ले च्याउ ४०० रुपैयाँ के.जी रहेको छ । काउली केजीको ९० देखि १५० रुपैयाँ र बन्दा ७० देखि ९० रुपैयाँ के.जी रहेको छ । मटरकोसा २३० देखी २५० रुपैयाँ के.जी छ । हिउँदे सिमी १३० रुपैयाँ देखि १५० रुपैयाँ के.जी रहेको छ ।

 

अन्य तरकारी, फलफुल तथा मासुको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • १३ मंसिर २०८१, बिहीबार ०८:४६ प्रकाशित