काठमाडौं ।
नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित नुवाकोटको विदुर लगायतका क्षेत्रमा पुगेका छन् ।
अध्यक्ष ओली शुक्रबार बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरलगायत स्थानको अवलोकनका लागि त्यसतर्फ गएका हुन् ।
त्यस क्रममा उनले प्रभावित स्थानीयहरूसँग समेत कुराकानी गरेका छन् । यसअघि उनी प्रभावित क्षेत्र धादिङको गल्छी गएका थिए ।













