दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आज सर्वोच्च अदालत लगिएको छ ।

किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका प्रसाईंको हकमा छोरा नीराजन प्रसाईंले मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।

उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए । न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश गरेको थियो ।

प्रसाईंको आजै बयान गराइने छ । उनको लिखित जवाफ आज पेस भए आजै सुनुवाइ भई रिहा गर्नेबारे आदेश हुनेछ। लिखित जवाफ पेस नभए अर्को दिन जवाफ पेस गर्नु पर्नेछ ।

उपचार गराउन वीर अस्पतालमा भर्ना गरिएका प्रसाईंलाई मंगलबार हिरासतमा फिर्ता ल्याइएको थियो ।

  • ११ मंसिर २०८१, मंगलवार १३:५० प्रकाशित