राष्ट्रिय गौरवका आयोजनाबारे आज सिंहदरबारमा ब्रिफिङ

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय गौरवका आयोजनाको अवस्थाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् । त्यसैले आज उनलाई आयोजनाको पछिल्लो प्रगति र समस्याका विषयमा ब्रिफिङको कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो तीन बजे राष्ट्रिय गौरवका आयोजनाको अवस्थाका सम्बन्धमा ब्रिफिङ कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक छैन । धेरैजसो आयोजनाहरु समस्यामा छन् । अन्तरसरकारी समन्वय नहुँदा आयोजनाहरु तोकिएको समयमा सम्पन्न हुन सकेका छैनन् ।

राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्यका हिसाबले सरकारको १५औं आवधिक योजना ८२ प्रतिशत असफल भएको छ । १५औं योजना २०७६/७७–२०८०र८१ भित्र १७ राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएकोमा तीन आयोजना मात्र सम्पन्न भएका छन्।

  • ९ मंसिर २०८१, आईतवार ०८:५८ प्रकाशित