एकीकृत जनक्रान्तिलाई निर्वाचनमा प्रयोग गर्न चाहन्छौं : विप्लव

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ०८४ मा हुने आम निर्वाचनमा सबै पार्टीसंग प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचनमा सहभागी हुने वातावरण बनाइ दिनका लागि विगतमा सरकारसँग भएको तीन बुँदे कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरे । मध्यम वर्गीयको चाहना नेकपाले आगामी निर्वाचनमा भाग लियोस् भन्ने रहेको र आफूहरुको चाहना विगतमा सम्झौता गरेको तीन बुँदे कार्यान्वयन होस् भन्ने रहेको उनले सुनाए ।

उनले विगतमा भएको सहमति अनुरुप झुटा मुद्दामा फसाइएका पार्टीका नेता कार्यकर्तालाई शीघ्र रिहाइको माग समेत गरे । ‘हामीसँग भएको सहमति सरकारले कार्यान्वयन गरेमा ०८४ को निर्वाचनमा सबै दलसँग प्रतिस्पर्धा गर्न हामी तयार छौँ ।’ उनले भने, ‘हामी ६७४३ वडामा लड्ने छौँ । ७५३ पालिका र १६५ निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने छौँ ।’

कार्यक्रममा एक पटक एकीकृत जनक्रान्तिलाई ०८४ को निर्वाचनमा प्रयोग गर्न चाहेको उनले बताएका छन् ।

 

  • ८ मंसिर २०८१, शनिबार १७:४५ प्रकाशित