स्टेप वाई स्टेप मा.वि मा वार्षिक खेलकुद प्रतियोगिता

केन्द्रभाग मिडिया

पोखरा ।
स्टेप वाई स्टेप मा.वि. मासवार पोखराको चालु शैक्षिक सत्र २०८१ को वार्षिक खेलकुद प्रतियोगिता आज विशेष समारोह बिच शुभारम्भ भएको छ ।

विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, सहप्रचार्य दिपक गिरी र विद्यालयका कोर्ओडिनेटर सूर्य प्रसाद लम्सालले ब्यानरमा हस्ताक्षर गरी बेलुन उडाई त्रि दिवसीय खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए ।

बुधबार सम्पन्न सिनियर छात्र फुटबलमा मार्कोनी हाउस प्रथम हुन सफल भएको थियो भने ग्यालिलियो हाउस द्वितीय भएको थियो । जुनियर छात्र फुटबलमा न्युटन हाउस प्रथम र आइन्सटाइन हाउस द्वितीय हुन सफल भएका थिए । त्यसैगरी छात्रा फुटबलमा आइन्सटाइन हाउस प्रथम र मार्कोनी हाउस द्वितीय भएका थिए भने छात्रा भलिवलमा न्युटन हाउस प्रथम हुन सफल भएको थियो भने मार्कोनी हाउस द्वितीय भएको थियो ।

प्रतियोगिताको पहिलो दिन क्रिकेट, टेवल टेनिस, म्युजिकल चियार, चम्चा दौड, बेलुन फुटाई, १०० मिटर दौड, २०० मिटर दौड, मिठाई दौडका प्राराम्भिक चरणका खेलहरु पनि सम्पन्न भएका थिए ।

विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालयले स्वास्थ्यका लागि खेल भन्ने उद्गारलाई मनन गर्दै विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट स्वास्थ बनाउन सकिने कुरामा जोड दिए । पढाइको साथसाथै खेलकुदलाई पनि यस स्टेप बाई स्टेप मा.वि.ले वर्षभरी कै समय तालिका बनाएर खेलकुद सञ्चालन गर्दै आएको बतातए । विद्यार्थीहरुको खेलकुदको सीपलाई अभिवृद्धि गर्ने हिसावले यस किसिमको खेलकुद प्रतियोगिता आयोजना गरिएको हुनाले सम्पूर्ण विद्यार्थीहरुलाई अनुशासित भई खेलहरुमा सहभागी हुन निर्देशन गरे ।

विद्यालयका सहप्रचार्य दिपक गिरीले खेलकुदको महत्वमाथि प्रकाश पार्दै नेपालीले आफूलाई खेलकुद मार्फत विश्वका धेरै ठुला सम्पन्न देशलाई समेत पछाडि पारी नेपाललाई परिचित बनाउन सफल भएको कुरा बताए र उनले यस विद्यालयले उत्पादन गरेका विद्यार्थीहरु राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीका रुपमा विभिन्न क्लवहरुमा अनुवन्धित हुन सकेको कुरा समेत व्यक्त गरे ।

विद्यालयका कोर्ओडिनेटर सूर्य प्रसाद लम्सालले समेत आफ्ना भनाइहरु राख्नु भएको थियो । विद्यालय प्राङ्गणका साथै मालेपाटन खेलकुद मैदानमा प्रतियोगिताका खेलहरु संचालन गरिएको थियो । उक्त प्रतियोगितामा विद्यालयका खेलकुद शिक्षक इच्छा घलेको संयोजकत्वमा विभिन्न शिक्षकहरुद्वारा खेलहरु खेलाउने र प्रतियोगितामा खेलका विभिन्न चरणहरु तीन दिनसम्म संञ्चालन भई यही मंसिर ७ गते शुक्रबार सम्पन्न हुने कुरा प्रतियोगिताका सह—संयोजक शिक्षक रामचन्द्र शर्माले जनाएका छन् ।

  • ५ मंसिर २०८१, बुधबार १७:१७ प्रकाशित