पोखरामा आज यी तरकारी छ सस्तो (हेर्नुस सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँ ८२ रुपैयाँ देखि ९१ रुपैयाँ के.जी सम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँ भने १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म किनबेच भएको छ ।

यस्तै आज पोखरामा काउली ८५ रुपैयाँदेखि १४० रुपैयाँसम्म र बन्दा के.जीको ६० देखि ८० रुपैयाँसम्म किनबेच भएको छ ।पोखराको शान्तिबन स्थित मन्डीमा सबै भन्दा सस्तो तरकारी स्कुस रहेको छ । स्कुस के.जीको ३० रुपैयाँ देखि ४० रुपैयाँ सम्म किनबेच भएको छ । चिचिंडा र हरियो फर्सी ६० रुपैयाँ देखि ८० रुपैयाँ सम्म रहेको छ ।

आज प्याज प्रति के।जी १२० देखि १३० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० देखि ६५ रुपैयाँ रहेको छ ।

यस्तै घिरौला १२० रुपैयाँ देखि १५० रुपैयाँ सम्म के।जी छ ।गाजर १५० देखि २०० रुपैयाँ सम्म केजी रहेको छ । रायोको साग ८० देखि १०० रुपैयाँ मुठा छ ।

 

मासु तथा फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस ।

  • ३ मंसिर २०८१, सोमबार ०९:०९ प्रकाशित