क्यान कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर

केन्द्रभाग मिडिया

 

पोखरा ।
सूचना प्रविधिको क्षेत्रमा क्रियाशील संस्था कम्प्युटर एशोसियन नेपाल महासंघ (क्यान) कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर निर्वाचित भएका छन् ।

क्यान कास्कीको १० औं अधिवेशनले कुँवरको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सेवक क्षितिज, द्वितीय उपाध्यक्षमा महेन्द्र भुर्तेल, सचिवमा दामोदर डुम्रे सहसचिवमा सुरेश सापकोटा, कोषाध्यक्षमा रुद्रनाथ न्यौपाने निर्वाचि भएका छन् ।

सदस्यहरुमा दीपकराज गिरी, घनश्याम गौतम, बालकृष्ण न्यौपाने, हरिकृष्ण शर्मा, भरत बराल र मुकुन्द योगी निर्वाचित भए । नवनिर्वाचित अध्यक्ष कुँवरले विधानानुसार दुई जना सदस्यहरु गोविन्दप्रसाद रिजाल र चन्द्रकला बस्नेतलाई मनोनित गरेका छन् ।

युवराज पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डलले कुँवरको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटी गठन गरेको हो ।

  • ३ मंसिर २०८१, सोमबार ०८:०१ प्रकाशित