रवि लामिछानेलाई बुटवलबाट पोखरा ल्याइयो

केन्द्रभाग मिडिया

पोखरा ।

अनुसन्धानका लागि बुटवल लगिएका रवि लामिछानेलाई आज पोखरा ल्याइएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि गत मंगलबार रूपन्देही लगिएको थियो । बिहीबार उनको बयान सकिएपछि आज पोखरा ल्याइएको हो । उनलाई यति एयरको विमानमार्फत पोखरा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

रविलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरामा ल्याइएको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न चौंथो पटक कास्की अदालतबाट म्याद थप भएको छ । अदालतले कात्तिक २५ गते १३ दिन हिरासतमा राख्न अनुमित दिएको हो ।

  • ३० कार्तिक २०८१, शुक्रबार १५:१५ प्रकाशित