कप्तान पूजा महतोको विस्फोटक ब्याटिङ र घातक बलिङमा नेपालले यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतमाथि लगातार दोस्रो सानदार जित निकालेको छ।
मंगलबार भएको खेलमा नेपालले कुबेतलाई १ सय ६५ रनको फराकिलो जित दर्ता गरेको हो।नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रन बनाउँदा अलआउट भयो।
कुवेतलाई सस्तैमा समेट्न नेपालकी कप्तान पुजा महतो एक्लैले पाँच विकेट लिइन्। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र ८ रन दिइन्।
रचना चौधरी र सिमा केसीले समान २ विकेट लिए।
कुवेतका लागि जिफा जिलानीले बनाएको ३८ रन नै सर्वाधिक रह्यो। अन्य ८ ब्याटर शुन्य रनमा पेभेलियन फर्के।त्यसअघि अजमानस्थित दि सेभेन स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १३ रनको योगफल तयार पारेको थियो।