पोखरामा प्याजको भाउ बढेको बढेई (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार पोखरामा प्याजको भाउ बढेको बढेई छ ।

आज प्याज प्रति के.जी १३५ देखि १४० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । हिजो प्याज के.जीको १३० देखि १३५ रुपैयाँ रहेको थियो । यसअघि प्याज सुकेको १०० देखि १२० रुपैयाँ सम्म किनबेच भएको थियो।

यस्तै सानो गोलभेडाँ ११३ देखि १३० रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँ भने १०० रुपैयाँ देखि ११० रुपैयाँ सम्म किनबेच भएको छ ।

पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० देखि ६५ रुपैयाँ रहेको छ ।यस्तै घिरौला १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म के.जी छ ।गाजर १५० देखि २०० रुपैयाँ सम्म केजी रहेको छ । रायोको साग ३५ देखि ५० रुपैयाँ छ ।

मासु र फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस ।

  • २६ कार्तिक २०८१, सोमबार ०८:५६ प्रकाशित