पोखरा ।
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा पोखरेलीहरुको टिमको समर्थन जुटाउन पोखरामा ‘राइड विथ जोन्टी रोड्स’ भन्ने नाराका साथ ¥याली सम्पन्न भएको छ । नेपालमा नै पहिलो पटक आयोजना हुने लागेको नेपाल प्रिमियर लिगमा सहभागि पोखरा एभेन्जर्सले पोखराको विभिन्न भाग परिक्रमा गरी टिमको समर्थन जुटाउन उक्त ¥यालीको आयोजना गरिएको हो ।
दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लाहाकार परामर्शदाता जोन्टी रोड्ससहित पोखरेली क्रिकेट प्रेमीहरु ¥यालीमा सहभागी थिए । गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथ लगायत विभिन्न नौवटा संघसंस्थाले संयुक्त रुपमा ‘राइड विथ जोन्टी रोड्स’ भन्ने नाराका साथ ¥यालीमा सहभागीता जनाएका हुन ।
राष्ट्रिय झण्डा र पोखरा एभेन्जर्स लोगो अंकित झण्डाका साथ पोखराको फिस्टेल गेटबाट सुरू भएको ¥याली बैदाम, हल्लनचोक, जरेबर, जिरो किमि, सभागृह चोक, न्यूरोड, विपी चोक, महेन्द्रपुल, रानिपौवा, हस्पिटल चोक, अमरसिंह चोक, पृथ्वीचोक, पोखरा एयरपोर्ट, मुस्ताङचोक, बिरौटा, शहिदचोक हुँदै पुनः फिसटेल गेटमा पुगेर उक्त ¥याली सम्पन्न भएको थियो ।
¥याली पछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै पोखरा एभेन्जर्सका चेयरमेन सुवोध त्रिपाठीले नेपाली क्रिकेटमा यूवाहरुको ध्यान खिच्न यस प्रकारका कार्यक्रमहरु महत्वपूर्ण रहेको बताए । त्रिपाठीका अनुसार आजको माहोलले पोखरा एभेन्जर्सलाई मायाँ र समर्थन दुवै उपलब्ध भएको र ¥यालीमा सहभागीता नजनाएकाहरुले पनि आ-आफ्नो ठाउँबाट पोखरा एभेन्जर्सलाई साथ र समर्थन दिएको आफुहरुले महशुस गरेको बताए ।
पोखरा एभेन्जर्स टिमका सल्लहाकार परामर्शदाता जोन्टीलाई पोखरा ल्याएर यहाँका क्रिकेट प्रेमीहरुको मनोवल उच्च बनाउने कार्य भएको र जोन्टीको नेपाल आगमनले र टिममा सहभागिताले टिमको मनोबल समेत उच्च भएको बताए ।
त्यस्तै पोखरा एभेन्जर्स टिमका सल्लहाकार परामर्शदाता जोन्टी रोड्सले पोखराको प्रकृति अन्यन्तै राम्रो रहेको र यहांको सहभागीता देखेर आफु खुसी रहेको बताए । पोखरेलीहरुको साथ र सहयोग अनि पोखरा रंगशालामा रहेको क्रिकेट मैदानबाट हिमश्रृङखला हेर्न पाउदा खुसी लागेको बताउदै क्लाइमेट चेन्जको असर प्रति समेत आफ्नो धारणा राखे । खेल संगै वातावरणलाई समेत जोगाउन आवश्यक रहेको उनको भनाइ रहेको थियो ।
नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्किरहेको पोखरा एभन्जर्समा चार विदेशी खेलाडीहरू इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडे अनुबन्ध भइसकेका छन् ।
टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भइसकेका छन् भने आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ । एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।