फुटबल खेलाडीलाई तिहारपछि पुरस्कार दिने प्रधानमन्त्रीको प्रतिवद्धता

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार दिने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय महिला फुुटबल टिमका सदस्यहरुसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी दिए ।

प्रतियोगितामा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही तीन लाख रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बंगलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गरे ।

आगामी सातौँ संस्करणमा जित्छौं भन्ने ऊर्जाका साथ लाग्न प्रधामनन्त्रीले आग्रह गरे ।

 

  • १५ कार्तिक २०८१, बिहीबार १५:१० प्रकाशित