साफ वुमन्स च्याम्पियनसिप फाइनल

नेपाल र बंगलादेशबीचको खेल पृथ्वीचोकमा रहेको डिजिटल डिस्प्ले बोर्डमा देखाइने

केन्द्रभाग मिडिया

पोखरा ।

साफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि आज साँझ हुने नेपाल र बंगलादेशबीच खेल पोखरा महानगरपालिकाले डिजिटल डिस्प्ले बोर्डबाट प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

आज साँझ ६ बजेर ३०मिनेटको समयमा सुरु हुने खेलको प्रशारण महानगरले पोखराको पृथ्वीचोकमा रहेको डिजिटल डिस्प्ले बोर्डमार्फत गर्ने पोखरा महानगरका प्रमुख धनराज आचार्य बताए ।

महानगरपालिकाले नेपाली महिला फुटबल टिमलाई सफलताको शुभकामना दिदैं फुटबल प्रेमीका लागि प्रत्यक्ष प्रशारण गर्ने बताएको छ । नेपा ल जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।

भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बंगलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । बंगलादेश बलियो प्रतिद्वन्द्वी हो । यसपाली उसलाई पराजित गर्दै नेपाल पहिलो पटक उपधि जित्ने लक्ष्यमा छ ।

 

  • १४ कार्तिक २०८१, बुधबार १६:१० प्रकाशित