रास्वपाले बालुवाटारमा प्रदर्शन गर्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)ले मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो ।

सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ ।

‘अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न’ मंगलबार बालुवाटारमा प्रदर्शन गरिने रास्वपा नेता मनिष झाले जानकारी दिए ।

केही दिन पोखरामा प्रर्दशन गरेका रास्वपा कार्यकर्ताले पोखरेलीले साथ नदिएको गुनासो गर्दै काठमाडौं केन्द्रित प्रर्दशन थालेका हुन् ।

  • १२ कार्तिक २०८१, सोमबार ०९:१७ प्रकाशित