राखेपका पूर्वसदस्य सचिव सुशील शमशेर जबराको निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव सुशील शमशेर जबराको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जबराको आज नै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार भएको राष्ट्रिय खेलकुद परिषद्‌ले जनाएको छ ।

श्रद्धाञ्जलीमा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरु प्रेमबहादुर मल्ल, सरोज पोखरेल लगायत कर्मचारीहरुको उपस्थिति थियो ।

राष्ट्रिय खेलकुद परिषद्को दोस्रो सदस्य सचिवका रुपमा राणाले ६ वर्ष सम्म नेपाली खेलकुदका लागि योगदान गरेका थिए । राणा २०१७ सालदेखि २०२४ सालसम्म परिषद्को सदस्य सचिव थिए ।

  • ९ कार्तिक २०८१, शुक्रबार १७:०३ प्रकाशित