रविको म्याद थपिएपछि आक्रोशित बने प्रर्दशनकारी, प्रहरीले हान्यो अश्रुग्यास

केन्द्रभाग मिडिया

 

पोखरा ।

कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका छन् । रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरूले आज पनि पोखरामा प्रदर्शन गरिरहेका छन् । प्रर्दशनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ । सोक्रममा २ सेल अश्रुग्यास हानिएको छ ।

रविलाई अदालत लगिँदा कार्यकर्ताले निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका थिए । तर, म्याद थपको सूचनालगत्तै प्रदर्शनकारी आक्रोशित भएका हुन् । उनीहरू निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोजेको छ ।

पार्टी कार्यकर्ता र समर्थकले नारावाजी गरिरहेका छन् ।

  • ८ कार्तिक २०८१, बिहीबार १५:५४ प्रकाशित