रास्वपाले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाउने

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाइरहने बताएको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी रास्वपाका नेताहरुले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाउने बताएका हुन ।

नेताहरुले आफुहरुको प्रदर्शन रविलाई छुटाउनका लागी नभइ सहकारी ठगीमा संलग्न सम्पुर्णलाई कानुनको दायरामा ल्यानका लागि दवाव दिन भएको समेत बताएका छन ।पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले संयमित भएर रास्वपाले प्रदर्शन गरिरहेको बताए । बरु उनले नेकपा एमाले र कांग्रेसका कार्यकर्ताहरू सहकारी पीडितको मुकुट ओढेर सडकमा उभिने गरेको आरोप लगाए । रास्वपाका नेता हरि ढकालले सहकारीको मुद्दा निरन्तर उठाउने बताए ।

त्यस्तै डा. स्वर्णीम वाग्लेले राजनितीक प्रतिशोधकै कारण रविलाई पक्राउ गरिएको वताउदै त्यसको विरोधमा निरन्तर लागि रहने बताए ।

https://www.facebook.com/share/v/7ZSTW6rYkNtSfURr/

 

 

 

  • ८ कार्तिक २०८१, बिहीबार ११:३४ प्रकाशित