साफ वुमन्स च्याम्पियनसिप : आज नेपाल र श्रीलंका, भुटान र माल्दिभ्स भिड्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम दुई खेल आज हुँदैछ ।

आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग खेल्नेछ भने भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलपछि सेमिफाइनल समिकरण पनि तय हुनेछ ।

समूह बी बाट आयोजक नेपालसहित भुटान र श्रीलंका सेमिफाइनल पुग्ने होडमा छन् भने लगातार दुई खेल हारिसकेको माल्दिभ्स समूह चरणबाटै बाहिरिसकेको छ ।

नेपाल र भुटान यस समूहमा अपराजित छन् र दुवैको समान ४ अंक छ ।नेपाल र श्रीलंका तथा भुटान र माल्दिभ्सबीचको खेलको नतिजापछि समूह बी बाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुङ्गो लाग्नेछ ।

भुटान र माल्दिभ्सबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । यस्तै नेपाल र श्रीलंकाबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

  • ८ कार्तिक २०८१, बिहीबार ०९:४९ प्रकाशित