सरकारको १०० दिन

सहकारी ठगहरुमाथि कारबाही, सडक मर्मत, अर्थतन्त्रमा सुधार : प्रम ओली

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १०० दिनमा गरेको उपलब्धिहरु सार्वजनिक गरेका छन् । सडक मर्मत, सहकारी ठगहरुमाथिको कारबाही, अर्थतन्त्रमा कारबाही लगायतका विषय प्रधानमन्त्री ओलीले उपलब्धिमा उल्लेख गरेका छन् ।

सरकारको १०० दिने पुगेको अवसरमा बुधबार सिंहदरबाबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारवाही सुरु भएको बताए ।

“हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारवाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन्,”, प्रधानमन्त्री ओलीले भने, “सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।”

यस्तै ओलीले १०० दिनको अवधिमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको बताएका छन् ।

उनले आफूले सरकारको नेतृत्व सम्हालेको अवधिमा सडक मर्मत र निर्माणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

उनका अनुसार मर्मत भएकामध्ये ३२.५ प्रतिशत सडकमा कालोपत्रे समेत भएको छ । ओलीले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको दाबी गरेका छन् । साथै प्रधानमन्त्रीले राष्ट्रियता सुशासन र विकासमा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने समेत बताएका छन् ।

  • ७ कार्तिक २०८१, बुधबार १५:५० प्रकाशित