एएफसी यु–१७ एसियन कप : नेपालले जापानको सामना गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।
एएफसी यु–१७ एसियन कप छनोट अन्तर्गत समूह एफका खेलहरु आजदेखि कतारमा सुरु हुँदैछ ।

नेपालले आफ्नो पहिलो खेलमै साविक विजेता जापानको सामना गर्न लागेको हो । नेपाल र जापान यु–१७ फुटबल टिमबीचको खेल दोहास्थित एस्पाइर एकेडेमी पिचमा नेपाली समय अनुसार राति साढे १० बजे सुरु हुनेछ ।

आजै समूह ए मा रहेका घरेलु टोली कतार र मंगोलियाबीच पनि खेल हुनेछ ।नेपाल यु-१७ फुटबल टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले प्रि(म्याच प्रेस कन्फेरेन्समा छनोटका लागि आफ्नो टिमले राम्रो तयारी गरेको र जापानसँग खेल्न तयार रहेको बताएका छन् ।

नेपालले समूहको दोस्रो खेल शुक्रबार आयोजक कतार र तेस्रो खेल आइतबार मंगोलियासँग खेल्नेछ ।

  • ७ कार्तिक २०८१, बुधबार १०:२४ प्रकाशित