मन्त्रिपरिषद् बैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आज बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा साँझ पाँच बस्ने गरी बोलाएको मन्त्रिपरिषद् बैठक दिउँसो अचानक स्थगित गरिएको हो ।

मन्त्रिपरिषद् बैठक साँझ पाँच बजे बोलाइएको थियो तर अहिले स्थगित भएको जनाइएको छ । स्थगित हुनु कारण खुलाइएको छैन ।

आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनसक्ने चर्चा थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरेपनि सत्ता साझेदार दल नेपाली कांग्रेसले रिर्जर्भेसन राख्दै आएको थियो । आजको बैठक स्थगित हुनुमा पनि सोही कारण रहेको हुन सक्ने जनाइएको छ ।

संसद् अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपालगायतका साना दल विभाजन गर्ने तयारीमा थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशमा जान नहुने अडान राखेपछि ओलीको उक्त योजना तत्काललाई असफल भएको बताइएको छ ।

  • ५ कार्तिक २०८१, सोमबार १६:१२ प्रकाशित