रवि लामिछानेको बयान लिन थालियो

केन्द्रभाग मिडिया

पोखरा।

पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिन थालेका हुन् ।

कानुनी प्रक्रिया अनुसार बयान लिने काम सुरु भएको कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका हुन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका छन् ।

  • ५ कार्तिक २०८१, सोमबार १५:१० प्रकाशित