टी-२० आइ क्रिकेट

अमेरिकाले नेपाललाई दियो १ सय ५७ रनको लक्ष्य

केन्द्रभाग मिडिया

 

पोखरा ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १ सय ५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो ।

अमेरिकाका साइतेजा मुकामलाले ६८ तथा मिलिन्द कुमारले नटआउट ४३ रन बनाए । नेपालका सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।

नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितिसकेको छ । यो खेल पनि जितेमा नेपालले क्लिन स्वीप गर्ने छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो ।

टी–२० सृंखला पछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय सृंखला हुनेछ ।

  • ५ कार्तिक २०८१, सोमबार ०७:२९ प्रकाशित