राजस्व संकलन बढाउन अर्थमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलन बढाउन निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा आइतबार बसेको उच्च व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ बढी सामथ्र्य लगाउन निर्देशन दिएका हुन् ।

यसका लागि अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने उनको भनाइ छ । उनले भने, ‘थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुनेछ ।’

राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

  • ४ कार्तिक २०८१, आईतवार १६:०३ प्रकाशित