टी–२० आई सृंखल

सुपरओभरमा हरायो नेपालले अमेरिकालाई

केन्द्रभाग मिडिया

पोखरा ।

टी–२० आइको सृंखलाको दास्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएको छ । अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो ।

त्यसअघि नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अमेरिकाका आन्द्रेस गौसले आफ्नो टिमलाई सबैभन्दा धेरै ६२ रनको योगदान दिए । नेपालका करण केसीले ३, सोमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए । भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चौका प्रहार गरे । अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २ विकेट लिए ।

यो जीतसँगै नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितेको छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । टी–२० सृंखलाको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।

  • ४ कार्तिक २०८१, आईतवार ०९:५५ प्रकाशित