नेपालले दियो अमेरिकालाई १७१ रनको लक्ष्य, भुर्तेलको उत्कृष्ठ व्याटिङ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा । कुसल भुर्तेलको उत्कृष्ठ व्याटिङसंगै दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।

डालासमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए । भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चौका प्रहार गरे । अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २ विकेट लिए ।

तीन खेलको टी–२० शृङ्खलामा नेपाल १–० ले अघि छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यो नेपालले अमेरिकासँग खेलेको पहिलो टी–२० खेल पनि थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ ।

यो टी–२० शृङ्खलापछि अमेरिकामै आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ । अहिले अमेरिकाले व्याटिङ गरिरहेको छ ।

  • ४ कार्तिक २०८१, आईतवार ०७:४३ प्रकाशित