अन्नपूर्ण संरक्षण क्षेत्रमा अबैध रुपमा चोरी निकासी गरेको टिप्पर प्रहरी नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका अन्तर्गत अन्नपुर्ण संरक्षण क्षेत्रबाट नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गरेको आरोपमा कास्की प्रहरीले एक टिप्परलाई नियन्त्रणमा लिएको छ ।

शनिबार राति ११ : २५ बजे वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा १६ मध्यम पथ चोक स्थित सडक खण्डमा भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७२३४ नम्बरको मिनि टिप्परलाई नियन्त्रणमा लिएको हो ।

टिप्परमा कटपिस ढुङ्गा लोड गरेको पाईएको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजातहरु साथमा ननभेटिएकोले ढुंगाहरुसहित टिप्पर अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

  • २० आश्विन २०८१, आईतवार २०:१८ प्रकाशित