गोरखामा डेंगुबाट एक महिलाको ज्यान गयो

केन्द्रभाग मिडिया

गोरखा ।

गोरखामा डेंगुबाट एक जना महिलाको ज्यान गएको छ । सिरानचोक गाउँपालिका ७ का एक महिलाको कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङ को डेंगुको कारण उपचारको क्रममा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिए ।

गत भदौ १० गते एपोलो अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि एपोलो अस्पतालमा उपचार भइरहेको बेला स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि भरतपुरको मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा शुक्रवार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखामा अहिलेसम्म २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले बताए । शर्माका अनुसार साउन १ गते देखि भदौ महिनासम्म ४ सय २२ जनामा डेंगु रोग सङ्क्रमण देखिएको छ ।

  • १९ आश्विन २०८१, शनिबार ११:२२ प्रकाशित