काठमाडौं ।
ग्वाटेमालामा नेपालीसहित ६ जना आप्रवासीको गोली हानी हत्या गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार मेक्सिन सेनाले नेपालीसहित ६ जना आप्रवासीको ग्वाटेमालाको सीमानामा गोली हानी हत्या गरेका हुन् ।
ट्रकमा रहेका नेपाली, भारतीय, पाकिस्तानी र इजिप्ट र क्युबाका नागरिक रहेको भारतीय मिडिया द हिन्दीले उल्लेख गरेको छ। ट्रकमा रहेका उनीहरूलाई ग्वाटेमालाको सीमानामा दुई जना मेक्सिन सेनाले अन्धाधुन्ध गोली प्रहार गरेर मारेको समाचारमा उल्लेख छ ।
मेक्सिन रक्षा विभागले चार जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ । ट्रकमा १७ जना आप्रवासीहरू सुरक्षित भेटिएका थिए। ट्रकमा ३३ जना आप्रवासी सवार रहेको बताइएको छ ।
यो क्षेत्र तस्करी गर्ने आप्रवासीहरूको रुट रहेको बताइन्छ। यही रुटबाट नेपालीहरू अवैधरूपमा अमेरिका जाने गर्छन् ।