४५ औं विश्व पर्यटन दिवसको अवसरमा पोखरा पर्यटन परिषदले विभिन्न कार्यक्रम गर्दै

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा पर्यटन परिषद र परिषदमा आवद्ध संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरि ४५ औं विश्व पर्यटन दिवस मनाउने भएका छन । विश्व पर्यटन दिवस २७ सेप्टेम्बरको अवसर पारी सेप्टेम्बर २५ देखी २८ सेप्टेम्बर सम्म विभिन्न कार्यक्रमको आयोजना गरी विश्व पर्यटन दिवस मनाइने पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

अध्यक्ष पहारीका अनुसार विश्व पर्यटन दिवसको अवसर पारी २५ सेप्टेम्बरको दिन गाउँ पर्यटन मञ्चको अगुवाइमा घरबास प्रवद्र्धन अन्तर्गत कास्कीको अर्मलामा रहेको रिंजे नासा होमस्टेमा घरबास कार्यक्रम, सेप्टेम्बर २६ को दिन ट्रेकिङ एजेन्सिज अफ नेपाल टानको आयोजनामा पर्वतको भुका देरालीमा १ रात २ दिनको प्रवद्र्धनात्मक कार्यक्रम गरिने छ ।

त्यसैगरी विश्व पर्यटन दिवस २७ सेप्टेम्बरको दिन पर्यटक यातायात ब्यवशायी समितिको आयोजनामा पोखराको लेकसाइड स्थित फिस्टेल गेटदेखि पोखरा अन्तराष्ट्रिय विमानस्थल सम्म र्याली, होटल संघ पोखराको आयोजनामा पञ्चेबाजा सहित पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा आउने पर्यटकहरुलाई स्वागत पर्यटन बसपार्कमा बसबाट आउने पर्यटकलाई स्वागत, नाटाको आयोजनामा पोखरा ६ नारेश्वर चोकमा रक्तदान कार्यक्रम र पोखरा पर्यटन परिषदको आयोजनामा पर्यटन वोर्ड पोखराको सभाहलमा पर्यटन र शान्ति विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना हुने छ ।

सोही दिन सांझ पोखराको लेकसाइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन पोखरा रेबानको आयोजनामा मिनि स्ट्रीट फेस्टिभल र सांझ फेवाताल किनारमा तालबाराही आरतीको आयोजना गरिने छ ।त्यस्तै २८ सेप्टेम्बरको दिन पोखराको शान्ति स्तुपा र बुद्धपार्कलाई जोड्ने गरी पोखरा क्लिकको आयोजनामा पर्वतीय दौड प्रतियोगिताको समेत आयोजना गरिने छ । कार्यक्रमलाई सफल बनाउन नेपाल पर्यटन वोर्ड गण्डकी, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोग रहन पोखरा पर्यटन परिषदका महासचिव जीवन सापकोटाले जानकारी दिए ।

  • ८ आश्विन २०८१, मंगलवार ०८:२५ प्रकाशित