अपचलनबारे छानबिन समितिको सिफारिस तत्काल कार्यान्वयन गर्न प्रहरीलाई गृहको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको सिफारिस तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

छानबिन समितिबाट प्राप्त सुझाव र सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाइएको गृह प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले रातोपाटीलाई बताए । उनले भने, ‘प्राप्त सिफारिस र सुझाव तत्काल कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयमा लेखेर पठाएका छौँ ।’

मन्त्रिपरिषद्बाट निर्णय भएर आएको सुझाव कार्यान्वयनमा लैजान गृहमन्त्री रमेश लेखकले मन्त्रालयका उच्च अधिकारी र प्रहरी प्रमुख वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।

  • ६ आश्विन २०८१, आईतवार १७:१६ प्रकाशित